जिल्ला नगरको सवलिकरण र व्यवसायिक हकहितका लागि मेरो उम्मेद्वारी : श्रेष्ठ

विदुर । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवम् नुवाकोट उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजन श्रेष्ठले महासंघको आगामी निर्वाचनका लागि जिल्ला नगरतर्फको कार्यकारीणी सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वारी चन्द्रप्रसाद ढकाल समूहबाट प्रतिस्पर्धामा रहेका श्रेष्ठ आफ्नो उमेदवारी जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्न रहेको बताएका छन् ।

कोरोना संक्रमणबाट आर्थिक क्षेत्रमा सिर्जित समस्याहरुलाई संबोधन गर्दै आर्थिक क्षेत्रलाई लयमा फर्काउन आफ्नो समूहले लिएको नीतिलाई पूर्ण कार्यान्वयन गर्न आफ्नो निरन्तर क्रियाशिलता रहने उनको भनाई छ ।

रोजगारदाता र श्रमिकहरुको सम्बन्धको पाटोलाई मजबुत बनाउने र त्यसमार्फत औद्योगिक शान्तिको वातावरण निर्माण गर्न निरन्तर बहस पैरबी गर्ने उनले बताएका छन् ।

श्रेष्ठले आर्थिक बिकासका नयाँ सम्भावनाहरुको पहिचान गर्ने र मुलुकको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउन समेत हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?