काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि ५०० भन्दा बढी महिलाहरुको आवेदन प्राप्त भएको छ ।
गत कार्तिक २८ गते उत्कृष्ट ५० को छनौट गरिएको थियो र अब त्यस मध्येबाट उत्कृष्ट १४ को छनौट भने भोटिङ्ग गरिनेछ ।

यही मंसिर ११ गते बिहान १० बजेसम्म मिस युनिभर्स नेपालको एप वा खल्तीबाट भोटिङ्ग गरी आफूलाई मनपर्ने सहभागीलाई उत्कृष्ट १४ सम्म पु-याउन सकिनेछ ।
यस मिस यूनिभर्स नेपालका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहेको आयोजकले जनाएको छ ।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।
सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।
केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया