काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप १६ जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आइतवार नेपालमा कोरोनाको कारण १६ जनाको ज्यान गएको थियो भने १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार४३ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।
अहिलेसम्म नेपालमा १६ लाख ७० हजार ४५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२९ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया