काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिए, काठमाडौंमा काली पराजुली

काठमाडौं । काठमाडौंसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन् ।

काठमाडौंमा काली पराजुलीलाई नियुक्त गरिएको छ भने भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बन्धु बाँस्तोला नियुक्त भएका छन् ।

काठमाडौंमा हाल कार्यरत जनकराज दाहाल र भक्तपुरमा कार्यरत हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।

धनुषामा नियुक्त भएका बाँस्तोला भने डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?