काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका सेक्सन कमाण्डर पक्राउ परेका छन् ।
मोरङको उर्लाबारीबाट विप्लव नेतृत्वसँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको हो ।
उनको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार आठवटा ब्याग, १८ वटा ज्याकेट, मोबाइल, डायरीलगायत सामग्री पनि बरामद गरिएको छ ।
उर्लाबारी नगरपालिका–६ तरुण चोकबाट शनिबार राति उनलाई गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
साथै पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले शुक्रवार पार्टीका अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया