प्युठान । भिरबाट लडेर प्युठानमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका-४ रप्ते पोखरी भन्ने स्थानको भिरबाट लडेर सोही नगरपालिका-२ क्वाडी बस्ने २० वर्षीय राहुल घर्तीको शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका-४ झुलेनिबाट घरतर्फ फर्कने क्रममा भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया