काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन् ।
तनहुँ, ब्यास नगरपालिका-१ हाईस्कुलटार बस्ने प्रबिन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरि त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया