बैंक अफ काठमान्डू (बीओके) र हिमालयन बैंकको मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टीसम्बन्धी चीनमा चलिरहेको मुद्दा फेरि लम्बिएको छ । गत कात्तिक २१ मा त्यहाँको जिल्ला अदालतले बीओके र हिमालयन बैंकको पक्षमा फैसला गरेको थियो ।
फैसला चित्त नबुझेको भन्दै अर्को पक्ष चाइना रेलवे शुक्रबार हेनान प्रदेशको उच्च अदालतमा पुनरावेदनका लागि गएपछि मुद्दा लम्बिएको हो ।
उच्च अदालतमा मुद्दा परे पनि फैसला आफूहरूको पक्षमा हुने बीओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको दाबी छ ।
‘पछिल्लो फैसला हाम्रै पक्षमा भएकाले पैसा फिर्ता पाउनेमा हामी ढुक्क छौं,’ उनले भने, ‘रकम आउन ४/६ महिना लाग्ने देखियो ।’ यसअघि त्यही उच्च अदालतले तल्लो (जिल्ला) अदालतलाई मुद्दा पुनर्विचार गर्न निर्देशन दिएको थियो । सोही आधारमा जिल्ला अदालतले पुरानो फैसला उल्टाएर बीओके र हिमालयन बैंकको पक्षमा फैसला गरेको थियो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया