जिपी फाउण्डेशन पर्यटन विभागको निर्देशकमा गुरुङ

काठमाडौं । गिरीजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा कुलबहादुर गुरुङ नियुक्त भएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षको लागि निर्देशकमा नियुक्त गरेको हो । धादिङ रुवीभ्यालीका गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिवसमेत हुन् ।

नवनियुक्त गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको अनुसन्धान, प्रवद्र्धन तथा विकासमा उल्लेख्य भूमिका खेल्ने फाउण्डेशनले विश्वास लिएको छ । पछिल्लो समय फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले बताए। यस्तै, सामाजिक क्षेत्रसमेतमा फाउण्डेशनले काम गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?