कौसी खेती गर्ने पुरस्कृत

ललितपुर । वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहेकी स्वयंभू निवासी भगवती श्रेष्ठले ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कार स्वरुप पाइन्।

भान्साबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी उत्पादन गर्दै आइरहेको भगवतीको भनाइ थियो । “घरको कौसीमा तरकारी उत्पादन गर्दा सम्मान पाउछु भन्ने सोचेको थिइन”, उहाँले भन्नुभयो । यसैगरी विगत सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएकी ग्वार्को वडा नं १ सुगमटोल निवासी कोपीला खनाल पनि १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत भइन् । पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई वढवा दिँदै आइरहेको कोपीलाले सुनाउनुभयो । एकवर्षदेखि सो खेतीलाई बढवा दिँदै आइरहेकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामनबाट पुरस्कृत भईन् । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क तरकारी वितरण गरेको पवित्राले बताइन् ।

कार्यक्रममा वाग्मती प्रदेश, सहकारीमन्त्री दावादोर्जे लामाले कौसी खेतीले अर्गानीक उत्पादनमा जोड पु¥याउनुका साथै स्वस्थ्य जीवन यापन गर्न पनि सहयोग गर्ने चर्चा गरे । सो मन्त्रालयका सचिव डा मतिना बैधले गतवर्ष प्रदेश सरकारले उक्त खेती प्रवर्द्धनका लागि काठमाडौंका ८२५ र चितवनका सय घरलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको बताउँदै कृषि पेशा मानिसको जीवनको मूल उद्देश्यसमेत रहेको औँल्याए । हलोखबर डटकमका सम्पादक मनोज श्रेष्ठले वाग्मतीका १२० कौसी किसानमध्ये उत्कृष्ट सातलाई सम्मान गरिएको बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?