काठमाडौं । आर्थिक प्रलोभन र चलखेलमा विदेश जानेहरुलाई निजी ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयको ‘स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र’ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा मुकुन्दा शर्माको संयोजकत्वमा तीन समस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ टोलीका तर्फबाट बलराम गौतम रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया