नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २७६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?