काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि फेक समाचार बनाएर युट्युबमा हाल्ने एक जनालाई मुम्बई पुलिसले पक्राउ गरेको छ ।
उनीमाथि गत ४ महिना यता युट्युबमा सुशान्तका फेक समाचार बनाएर हालेको र २४ लाख कमाएको आरोप लागेको छ ।
![]()
आरोपी २५ वर्षका राशिद सिद्दिकी रहेको बताइएको छ । उनको च्यानलमा सुशान्तको मृत्युपछि १.७ लाख सब्सक्राइबर बढेको पनि बताइएको छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्याबारे हालसम्म पनि अनुसन्धान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया