कोरोनाबाट बुटवलमा उपचाररत एक पुरुषको मृत्यु

गुल्मी । गुल्मी जिल्लाका एक कोरोना संक्रमित पुरुषको बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।

सत्यवती–६ का ६२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए । मृतकमा निमोनियाको समस्या रहेको अस्पतालको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?