काठमाडौं । कोरोना भाइरसको महामराी अहिले सारमा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ५४ हजार ८१३ जनाको मृत्यु भएको छ भने ५ करोड ६५ लाख ६४ हजार ३३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ९३ लाख ५२ हजार ८५८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख १ हजार ४३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ ।
दिनहुँ डेढ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएसँगै अमेरिकामा यो समस्या आएको हो ।
हालसम्म अमेरिकामा २ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको छ भने १ करोड १८ लाख ७३ हजार ७२७ जनालाई संक्रमण भएको छ ।
द गार्डियनको एक रिपोर्टमा अमेरिकाको केहि शहरमा कोरोना नियन्त्रण बाहिर गएको बताइएको छ । संक्रमित सँगै मृतकको आँकडा पनि तीव्र रुपले बढीरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया