काठमाडौं । शुक्रवारको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकपछि नेकपाका नेताहरुबीच आरोपप्रत्यारोपको श्रृङ्खला बढेको छ ।
लामो रस्साकस्सीपछि शुक्रवार बसेको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेश गरेका थिए ।
यसै विषयमा लेख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अध्यक्ष दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन् ।
शनिवार सामाजिक सञ्जालमा लेख्दै भनेका छन, “अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।”
प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइएको उक्त पत्रबारे पार्टी कमिटिहरुमा छलफल हुन नसक्ने थापाले बताएका छन् । त्यस्तै दुवै अध्यक्षको सहमतीमा मात्रै कुनै प्रस्ताव तयार हुने पछिल्लो स्थायी कमिटि बैठकको ठाडो उल्लंघन गरेको समेत थापाको आरोप रहेको छ ।
“यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो ।” उनले भने ।
उनले उक्त एकल प्रस्तावलाई फिर्ता गर्नका लागि माग गरेका छन् । उक्त प्रस्ताव फिर्ता नभएमा पार्टीको कुनैपनि तहको बैठक र छलफल नभइ शत्रुवत र निरर्थक बन्न पुगेको उनको दावी रहेको छ ।
“यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।” उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया