काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनावको परिणाम अब पूरा भएको छ । डेमोक्रेटिक पार्टिले एक ऐतिहासिक जित हात पारेको छ ।
एरिजोना र जर्जियाको नतिजा आएसँगै डेमोक्रेटिक पार्टीले कुल ३०६ इलेक्टोरल भोट पाएको छ । डेमोक्रेटका उम्मेद्वार जो बाइडेनले शुक्रवार एरिजोना र जर्जियामा जित हाँसिल गरेका हुन् ।
त्यस्तै रिपब्लिकन पार्टीका उम्मेद्वार राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका छन् । अब जो बाइडेनले २० जनवरीमा अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया