कोरोना अपडेट : विश्वमा संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण १३ लाख ९ हजार १६० जनाको मृत्यु भएको छ भने ५करोड ३७ लाख ३९ हजार ३०४ जनालाई संक्रमण मुक्त भएका छन् ।

त्यस्तै ३ करोड ७५ लाख २० हजार १६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ९ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ यसैबीच विश्वमा शुक्रवार कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

शुक्रवार विश्वमा ६ लाख ५६ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ९ हजार ९४५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?