पत्रकार अर्णव गोस्वामी र अन्य आरोपीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले बुधवार पत्रकार अर्णव गोस्वामीलाई जमानतमा रिह ागर्न आदेश दिएको छ ।

बुधवार उनको अर्जी सुनाउँदै अदालतले गोस्वामीसहित अन्य आरोपीलाई अन्तरिम जमानतमा रिहाई गर्न आदेश दिएको हो ।

गोस्वामी र अन्य आरोपीलाई ५० हजार भारतीय रुपैयाँको अन्तरिम जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पत्रकार गोस्वामी माथि २०१८ मा इन्टीरियर डिजाइनर र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?