काठमाडौं । नागार्नो–काराबाखको विवादीत क्षेत्रमा युद्ध समाप्त गर्ने सम्झौता भएसँगै रुसी शान्ति सेना गस्तीमा हिँडेको छ । शान्ति सम्झौता टुगोगोमा पुुगेसँगै शान्ति सेना बोकेको विमान काराबाखतर्र्फ लागेको रुसले जनाएको छ ।
अजरबैजान र अर्मेनियाबीच ६ हप्ता लामो लडाइँपछि सम्झौता भएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अजरवैजानका राष्ट्रपति इल्हाम अल्यिभ र अर्मेनियाका प्रधानमन्त्री निकाल पासियानले हस्ताक्षर गरेको सम्झौता स्थानीय समयअनुसार मंगलबार १ बजेर १ मिनेट जाँदा लागु भएको छ ।
यस सम्झौताअनुसार लडाँइको समय अर्मेनियाले कब्जा गरेका नोगार्नो–काराबाखका क्षेत्रहरुमा अजरबैजानले नियन्त्रण राख्नेछ । नजिकका अन्य धेरै विवादीत क्षेत्रबाट आगामी केही साताभित्र आफ्ना सैनिक हटाउने सहमति पनि अर्मेनियाले गरेको छ । जसकारण, यस सम्झौतालाई अजरबैजानको जीत र अर्मेनियाको हारका रुपमा पनि लिइएको छ ।
नयाँ सम्झौतापछि अर्मेनियामा आक्रोश बढेको छ । आफ्ना सैनिक फिर्ता गर्ने सम्झौताको विरोधमा प्रदर्शनकारीहरुले संसद् घेराऊ गरेका छन् भने प्रधानमन्त्री कार्यालयमा पनि हुुलदंगा गरेका छन् । यता, अजरबैजानमा भने सर्वसाधारणहरुले खुसीयाली मनाएका छन् । अर्मेनियाली प्रधानमन्त्री निकोल पासिन्यानले यस सम्झौता ‘आफु र आफ्ना जनता दुुबैका लागि पिडादायी’ भएको छन् ।
नोगार्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय समुदायले अजरबैजानको भूमी मान्छ, तर यहाँ १९९४ देखि अर्मेनियाली मुलका आदिवासीहरुको शासन छ । युद्ध सकिएपछि १९९० को दशकमा रुसको मध्यस्थतामा युद्ध विराम भएपनि शान्ति सम्झौता भएको थिएन ।
गत वर्ष दुुबै पक्षले तनाव कम गर्नका लागि कदम चालेका थिए । तर, गत सेप्टेम्बरको अन्त्यमा फेरि लडाँई सुरु भयो र, द्वन्द्व अन्त्यका लागि गरिएका धेरै प्रयास असफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया