वरिष्ट प्यालेस्टिनी अधिकारी इरेकातको निधन

रमाल्लाह । प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातको कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएको छ ।

इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो ।

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो ।

उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको केही वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?