श्वासप्रश्वासका बिरामीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बागलुङ । बागलुङबाट श्वासप्रश्वासका एक बिरामीलाई हेलिकप्टरबाट आज काठमाडौं ल्याइएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि बागलुङ नगरपालिका–२ स्थित ८० वर्षीय गोपालप्रसाद श्रेष्ठलाई हेलिकप्टरबाट काठमाडौंको मेडिसीटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?