विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना संक्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । संक्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुई/दुई, इलाम र पाँचथरमा एक/एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय संक्रमितको संख्या सात हजार १९८ रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । आज होमआइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया