चितवनमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

चितवन । जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना संक्रमितको संख्या ५ हजार ८५ पुगेको हो ।

संक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

जिल्लाका संक्रमित मध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय संक्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् । संक्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । कोरोना संक्रमणबाट जिल्लाका ७७ जनाको मृत्यु भइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?