कोरोनाबाट बिपी प्रतिष्ठानमा एक संक्रमितको मृत्यु

काठमाडौं । बिपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौदन्दीगडी २ का ४२ वर्षीय पुरुष रहेका छन् ।

उनमा गत कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको उनमा पहिल्यैदेखि दीर्घरोग रहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।

गत कार्तिक १४ गते अस्पताल भर्ना हुन आएका उनको मंगलवार (आज) १२ः ३० मा मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै श्रेष्ठले दिएको जानकारी अनुसार उनको शव व्यवस्थापनको काम नियमानुसार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?