कर्तव्य ज्यान मुद्धाका फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्धाका फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-७ आर्यावारी घर भएका ३३ वर्षीय हरि गिरी र सनोज गिरी भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमवार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्धामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनाराण नगरपालिका-७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटना पश्चात गिरी केही समय विदेश समेत बसी पुन: नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्ने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?