नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसंँग सम्बन्ध तिक्ततापूर्ण बन्दै गएपछि पूर्वएमालेका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।
उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर करिब २ घण्टा छलफल गरे । गुटगत तिक्तता चुलिएपछि पार्टीका औपचारिक बैठकहरूमा मात्रै भेट्ने गरेका ओली र नेपालबीच कात्तिकमा मात्रै चारपटक लम्बेतान बहस भएको छ ।
साउन ९ गतेको भेटयता संवाद नगरेका ओली र नेपालबीच कात्तिक ४, ९ र ११ गते भेट भएको थियो ।
आइतबार भने नेपालले आफ्नो समूहका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि साथमा लगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटको डिलमा पुगिसकेको बताउँदै त्यसबाट जोगाउन नेताहरूसँग आग्रह गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार मात्रै प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बोलाउनका लागि सहमति जनाउन आग्रह गरेका थिए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया