मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा प्रदेश खाद्य गुण नियन्त्रण कार्यालय हेटौँडा उपमहानगरपालिका, जिल्ला घरेलु कार्यालय र उपभोक्ता समितिको संयुक्त अनुगमन टोलीले आज अपराह्नसम्ममा १७ खाद्यान्न र मिठाई पसलको स्थलगत अनुगमन गरेको छ ।
सो टोलीले हेटौँडा उपमहानगरपालिका–१० बसपार्क नजिक रहेको विवेक स्टोरमा राखिएको एक सय बोरा कनिका मिसाएको चामललाई बिक्री वितरण गर्न रोक लगाएर सो स्टोरलाई शिलबन्दी गरिएको अनुगमन टोलीका प्रतिनिधि सहदेव आचार्यले बताए ।
उाका अनुसार पशुपक्षीलाई खुवाउन राखिएको कनिका मिसाइएको चामल भनिए पनि सर्वसाधारणलाई बिक्री वितरण गर्न राखिएको र अखाद्य मिसावट गरिएकाले बिक्री वितरण गर्न रोक लगाइ जिल्ला प्रशासन कार्यालयको रोहबरमा आगामी एक हप्ताभित्र नष्ट गर्न निर्देशन दिइएको छ ।
सो अनुगमन टोलीले दिपावलीका लागि हेटौँडा बजारमा उपभोक्तालाई बिक्री गर्न राखिएको भाइमसला बिक्री बितरण गर्न रोक लगाइ आजैबाट हटाएको प्रदेश खाद्य गुण नियन्त्रण हेटौँडाले जनाएको छ । स्थानीय बजारमा राखिएको भाइमसलामा लेबल नराखिएको, मिति उल्लेख नगरिएको र स्वास्थ प्याकिङ पनि नगरिएकोले जुन उद्योगबाट ल्याएको त्यही उद्योगमा आगामी तीन दिनभित्र फिर्ता पठाउन सम्बन्धित बिक्रेतालाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता देवचन्द्र गर्तौलाले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया