ऋषि धमलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पत्रकार ऋषि धमलामा कोरोना भाइरस (कोभिड १९) मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कन्ट्रयाक ट्रेसिङका आधारमा आज गराएको परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको धमलाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

त्यस्तै यसबीचमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

“कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेको समेत बताएका छन् । जनताको माया, सद्भाव र शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

“म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?