अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

काठमाडौं । डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

मंगलवार सम्पन्न भएको मत गणनाको नतिजा पछि अमेरिकामा ४६औँ राष्ट्रपतिका रुपमा जो बाइडेन निर्वाचित भएका हुन् ।

अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?