यस वर्षको तिहारका लागि १ अर्ब २० करोड १४ लाख ६१ हजार रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको गरी उक्त रकम बराबरको सामान अन्य मुलुकबाट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ ।
यो अवधिमा ३३ लाख ४३ हजार ८ सय ६२ किलो बराबरको ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडा, सुपारी, नरिवल, खुबानी (एप्रिकोर्ट्स), अन्य नट्स र अञ्जिर आयात भएको छ । यी सामान मिसाएर विशेषगरी तिहारमा भाइ मसला बनाइन्छ । जसलाई भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा गरी दिने गर्छन् ।
आयातित यी सामान काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत खपत हुने नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया