मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टीसम्बन्धी मुद्दा बैंक अफ काठमान्डु (बीओके) र हिमालयन बैंकले जितेका छन् । यससँगै ती बैंकले पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापतको करिब डेढ अर्ब रुपैयाँ पाउने भएका छन् ।
ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी चीनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट अदालतले मुद्दाको फैसला गरेको हो ।
योसँगै चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) ले बीओके र हिमालयन बैंकलाई रकम फिर्ता गर्नुपर्ने भएको छ । रकम फिर्ताका लागि दुवै बैंकले शुक्रबार नै दाबी पठाएका छन् । ‘रकम फिर्ताका लागि बैंकले पत्र पठाइसकेको छ,’ बीओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, ‘फैसला हाम्रै पक्षमा भएकाले पैसा फिर्ता पाउनेमा ढुक्क छौं ।’ अदालतको आदेशविरुद्ध हारेको कम्पनी उच्च अदालतमा जान पाउने व्यवस्था छ ।
यसअघि उच्च अदालतले तल्लो अदालतलाई मुद्दा पुनर्विचार गर्न निर्देशन दिइसकेकाले आफूहरू बलियो रहेको उनले बताए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया