गत चैतदेखि हालसम्म १ लाख ३३ हजार बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । विदेशमा कोरोनाबाट समस्यामा परेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ ।

गत चैतदेखि शुक्रवारसम्म १ लाख ३३ हजार ६६७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विभिन्न ३३ मुलुकबाट नेपाली स्वदेश फर्किएका छन् भने त्यसमा सबैभन्दा धेरै खाडी मुलुकबाट रहेका छन् । केन्द्रले स्वदेश फर्किनेहरुलाई समन्वय गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?