पूर्व सभामुख महरा पत्नीको शव सेनाद्वारा व्यवस्थापन

काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महराको पत्नी सीता महराको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

निमोनियाको बिरामी सीतामा उपचारको क्रममा कोरोना पुष्टि भएका कारण उनको शव सेनाले व्यवस्थापन गरेको हो । उनको उपचारको क्रममा बुधवार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

विगत १० वर्षदेखि माइस्थेनियाबाट पीडित उनलाई स्वास्थ्यमा समस्या आएपछि रोल्पाबाट काठमाडौं ल्याइएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि विगत १५ दिनबाट उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । भने उपचारको क्रममा आज बिहान ६ः२५ बजे निधन भएको हो ।

शव व्यवस्थापनमा पति पूर्व सभामुख महरा, परिवारका सदस्य, विभिन्न नेता, कार्यकर्ता तथा सर्वसाधारण पशुपति पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?