काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ पुगेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया