धादिङमा स्कार्पियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौं आइरहेको बा१५च ३५०४ नम्बरको स्कार्पियो निलकण्ठ नगरपालिका-८ मा मंगलवार बिहान दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते हुनेमा नीलकण्ठ नगरपालिका-३ का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरा-सुन्दरी नगरपालिका-२ का ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, नीलकण्ठ नगरपालिका-७ का २४ वर्षीय विक्रम विश्वकर्मा, काभ्रे रोशी गाउँपालिका-३ का ३१ वर्षीय चन्द्रलाल प्वापी र नीलकण्ठ नगरपालिका-३ का ३८ वर्षीय आइत नेपाली रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका खतिवडा र श्रेष्ठलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ भने नेपालीलाई एम्बुलेन्समा काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । भने सामान्य घाइते भएका अन्य दुई जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

स्कार्पियो तीव्र गतिमा आएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?