काठमाडौंबाट हुण्डीको एक करोड पैसासहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको ओमबहालबाट हुण्डी कारोबार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हुण्डी कारोबार गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको छ । उनीहरुमाथि अहिले ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?