पूर्वगाविस अध्यक्षको निधन

सप्तरी । साबिक कोचाभखारी गाविसका पूर्वअध्यक्ष एवम् प्रधानपञ्च छिन्नमस्ता गाउँपालिका– ५ लोखरमका बैद्यनाथ ठाकुरको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचाररत उनको आज मृत्यु भएको परिवारका सदस्य जयप्रकाश ठाकुरले जानकारी दिए । दुवै मृगौला खराब भएका ठाकुर बिरामी परेपछि विराटनगरमा उपचारार्थ भर्ना भएका थिए ।

ठाकुर २०५४ सालमा स्वतन्त्रबाट गाविस अध्यक्ष तथा पञ्चायतकालमा चार पटक प्रधानपञ्चमा निर्वाचित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?