अहंकारी ट्रम्पले महामारीलाई गम्भीर रुपमा लिएनन् : बराक ओबामा

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा दुबै तिरबाट आरोप प्रत्यारोप चलिरहेको छ ।

डेमोक्रेटिकको तर्फबाट पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले ट्रम्पमाथ कोरोना भाइरसलाई गम्भीरताकोसाथ नलिएको आरोप लगाएका छन् ।

त्यस्तै दोश्रोतर्फ जो बाइडेनले महामारीलाई गम्भीरताकासाथ लिएको उनले बताएका छन् । उनले ट्रम्पमाथि घमण्डी बनेर कोरोनालाई गम्भीरताकासाथ नलिएको बताएका हुन् ।

ओबामाले यो आरोप डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनको पक्षमा मिशिगनमा भएको चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा लगाएका हुन् ।

अमेरिकाको ४४ औँ राष्ट्रपति बनेका ओबामाले ट्रम्पका नीतिहरुको पनि आलोचना गरेका छन् । ओबामाका अनुसार ट्रम्पले कसैलाई सहयोग गर्न आवश्यक ठानेनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?