सिमकोट । जिल्ला अस्पताल हुम्लाले १५ महिना भन्दा कम उमेरका १ सय ९८ जना बालबालिकालाई नियमित खोप लगाएको छ ।
सरदुमकाम सिमकोट बजारमा बसोबास गर्ने, सिमकोट गाउँपालिका वडा ५ र ६ ५ का गर्भवती र बालबालिकालाई प्रत्येक महिनाको १५ गते लगाइने खोप आज लगाएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।
अनमी बोहराले गर्भवतीलाई टिडी खोप लगाउँदा जन्मने बच्चा स्वच्छ र तन्दुरुस्त हुने बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया