काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७७.७ प्रतिशत हो ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा १३३०८जना
प्रदेश २ मा १७०१८जना
वाग्मती प्रदेश ६७६५४ जना
गण्डकी प्रदेशमा ६६०१ जना
प्रदेश ५ मा १६१६८ जना
कर्णाली प्रदेशमा ५१०९जना
सुदूरपश्चिम प्रदेशमा ८९८४ जना
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ ।
हालसम्म १४ लाख ५६ हजार ३६६ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया