काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर भईरहेको छ ।

अर्कोतिर भने जो बाइडेनका छोरा हन्टर बाइडेन मिडियामा छाएका छन् । उनको एक पुरानो ल्यापटपको डेटा लीक भएको छ ।

जसबाट उनको जीवनमा नराम्रो हुनसक्नेछ । डेली मेलमा छापिएको समाचारका अनुसार हन्टर बिडेनले एक रातमा नै न्यूयोर्कको एक स्ट्रिप क्लवमा १२.८ लाख रुपैयाँ खर्च गरेका थिए ।

साथै एकबिलमा पाइएको जनकारीका अनुसार उनले पोर्न वेबसाइटमा लाइभ शो हेर्नका लागि करिव २४ लाख रुपैयाँ खर्च गरेका थिए ।

रिपोर्टका अनुसार उनको ल्यापटपमा यस्तो डेटा पाइएको छ कि, उनलाई ब्ल्याकमेल गर्न सकिन्छ ।
लीक भएको डेटामा ५० वर्षका हन्टरले एक रातमा होटलमा विभिन्न रुममा समय बिताउनको लागि धेरै पैसा खर्च गरेका छन् ।
पहिलो श्रीमतीसँग हन्टरको सम्बन्ध बिच्छेद भएको थियो । त्यसबेला उनीमाथि ड्रग, रक्सी, प्रोस्टिट्यूट, स्ट्रिप क्लव र शारीरक सम्बन्ध राख्ने महिालाई गिफ्टा दिँदा धेरै खर्च गरेको आरोप लागेको थियो ।

उनका पिता तथा यसपटकका अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार बाइडेन २००९ मा अमेरिकाको उपराष्ट्रपति बनेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया