थप १७ जनाको मृत्यु, आज कति जना कोरोना संक्रमण मुक्त भए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप २ हजार २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । यो कुल संक्रमितको ७६.९ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २६४ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३१ हजार २२२ रहेको छ । यो कुल संक्रमितको ७६।७ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ ।

त्यस्तै आजको पीसीआर परीक्षण जम्मा ९ हजार २७९ भएको छ । हालसम्म १४ लाख ४३ हजार ३४३ वटा पीसीआर नमुना परीक्षण भएको छ ।

आइसीयूमा अहिले २९६ जनाको उपचार भईरहेको छ भने भेन्टिलेटरमा ६९ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?