‘सबै पार्टी भ्रष्ट्राचार विरुद्धको संघर्षका लागि तयार रहन आवश्यक छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सबैले भ्रष्ट्राचार विरुद्ध संघर्षको लागि तयार रहनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

नेपालको भूराजनैतिकस्थितीमा नेपाल बलियो होस् भन्ने चाहना राख्ने सबै पार्टीमा आवद्ध भएकाहरुले भ्रष्ट्राचार विरुद्ध संघर्षको लागि तयार रहन आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष लोहनीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालमा प्रजातान्त्रिक मूल्य मान्यता कायम गर्नका लागि सबै एकजुट हुन आह्वान गर्दै त्यस्तो बताएका हुन् । उनले भनेका छन्, “नेपालमा प्रजातान्त्रिक मूल्य र मान्यता कायम रहोस र नेपालको संबेदनसिल भू राजनैतिक थिस्ती मा नेपाल राज्य बलियो होस् भन्ने चाहना राख्ने सबै ले अब जुनसुकै पार्टी मा भए पनि भ्रस्टाचार बिरुद्ध संघर्ष को लागि तयार रहनु अब आबस्यक भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?