काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ९३ हजार ७५५ जनाको मृत्यु भएको छ भने ४ करोड ५८ लाख ९९ हजार ८५८ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ३२ लाख ४९ हजार ४८३ जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच अमेरिकामा हालसम्म ९३ लाख १६ हजार २९७ जनालाई कोरोना संक्रमण भएको छ भने २ लाख ३५ हजार १५९ जनाको मृत्यु भएको छ ।
त्यस्तै १७ हजार १५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ३० लाख ५६ हजार ६२६ जना उपचाररत छन् । त्यस्तै ६० लाख २४ हजार ५१२ जना संक्रमण मुक्त भएका छन् ।
अमेरिकामा शुक्रवार हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा १ लाख १ हजार ४६१ जना नयाँ संक्रमित भेटिएका हुन् ।
त्यस्तै ९८८ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा हालसम्म ९ लाख ४९ हजार ९७१ जनालाई संक्रमण भएको छ भने १८ हजार ५०७ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ९ लाख २९ हजार ९४४ जनालाई संक्रमण भएको छ भने १७ हजार ६२७ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ लाख २१६ जनालाई संक्रमण भएको छ भने १६ हजार ७२० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया