भारतीयलाई नेपाली नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई  नेपाली नागरिकता सिफारिस गर्ने कैलालीका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी रहेका छन् ।

भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता सिफारिस गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाले लोकपथलाई जानकारी दिए । “भारतीय नागरिकलाई नागरिकता सिफारिस गरेको भन्ने वडाध्यक्षज्यूविरुद्ध जाहेरी पर्‍यो त्यसैको आधारमा उहाँसहित दुई जनालाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।” एसपी देउवाले भने ।

एसपी देउवाका अनुसार उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको र उनको मुद्धा अदालतमा पेश गर्ने प्रक्रिया शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?