कमल थापाले भने- ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढ्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अकर्मन्यताको कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा रहेको बताएका हुन् ।

शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, “सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।

साथै थापाले भारत र चीनसँगको नेपालको सम्बन्ध सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार भएको समेत बताएका छन् ।

भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो, उनले भने ।

अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमा नै सचेत बन्न आग्रह समेत गरेका छन् । “देशको स्वतन्त्रतारअस्तित्ववारे समयमै सचेत बनौं” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?