काठमाडौं । आईपीएलको १३ औँ सीजनमा बिहीवार चेन्नई सुपरकिंग्सले कोलकता नाइटराइडर्सविरुद्ध ६ विकेटको रोमाञ्चक जित निकाल्यो ।

कोलकताका वरुण चक्रवर्तीले सीजनमा दोश्रो पटक चेन्नईका कप्तान महेन्द्र सिंह धोनीलाई बोल्ड गरे ।

यो भन्दा पहिला उनले सीजनको २१ औँ म्याचमा धोनीलाई बोल्ड गरेका थिए । त्यस्तै रविन्द्र जडेजाको बिस्फोटक ब्याटिङमा चेन्नईले कोलकतालाई पराजित गर्यो ।

योसँगै चेन्नई सबैभन्दा धेरै ६ पटक अन्तिम बलमा म्याच जित्ने टीम बनेको छ । चेन्नई पनि मुम्बई ५, राजस्थान ४ र किंग्स इलेभन पञ्जावले ३ पटक म्याच अन्तिम बलमा जितेका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया