काठमाडौं । भक्तपुरमा अहिलेसम्म ५ हजार ५१९ जनालाई कोरोना संक्रमण भएको छ । ति मध्ये ४ हजार ३८३ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै हालसम्म कोरोना भाइरसका कारण भक्तपुरमा ६१ जनाको मृत्यु भएको छ भने १ हजार ७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भक्तपुरमा अहिले १ हजार ७१९ जना होम आइसोलेसनमा रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९०४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ३८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् भने भेन्टिलेटरमा ७६ जना रहेका छन् । त्यस्तै आईसीयूमा ३०४ जना उपचाररत छन् भने होम आइसोलेसमा ३१ हजार ८९८ जना रहेका छन् ।
आज नेपालमा ९ हजार ७६९ जनाको आरटीपीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९८३ जना महिला संक्रमित थपिएका छन् भने १ हजार ३८० जना पुरुष संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया