धानखेतमा फेला पर्‍यो स्मार्ट लाइसेन्स

काठमाडौं । जनकपुरमा सवारी अनुमती पत्र (स्मार्ट लाइसेन्स) हरु धानखेतमा फेला परेको छ ।

खेतमा धान काट्न गएका महिलाहरुले खेतमा फालिएको अवस्थामा लाइसेन्सहरु फेला परेका हुन् ।

यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्सहरु जनकपुर उपमहानगरपालिका १४ नजिकै फेला परेको हो ।

एकाएक तयारी लाइसेन्सहरु खेतमा फेला परेपछि किसानहरुले जम्मा गरेर कार्यालयमा बुझाएका छन् ।

तयारी लाइसेन्स धानखेतमा फेला परेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले त्यसबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?